
स्याङ्जा, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जाका नेता कार्यकर्ताहरुको ठूलो टिम एमालेमा प्रबेश गरेको छ ।
गत बिहीबार मात्र माओबादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रबहादुर रोकाहाले पार्टीबाट राजीनामा दिएर एमालेमा आउने विषयमा छलफल सुरु गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अगाडि नै एमाले प्रवेश गर्ने तर मिति तय भई नसकेको रोकाहाले दैनिक नेपाललाई जानकारी दिए ।
माओवादी केन्द्रका अर्का युवा नेता मोहन गुरुङ्ग पनि माओवादी छाडेर एमालेमा आउने भएका छन् । यसैगरी, बुद्धिजीवि सङ्गठनका केन्द्रीय सदस्य लोकराज काफ्ले, पूर्वजिल्ला सचिव रमेश अर्याल, पूर्वजिल्ला सदस्य मोहन श्रेष्ठ, राजु कोइराला,लगायत सय जनाको संख्यामा एमाले प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ । उनीहरुसँग आफूहरुले छलफल गरिरहेको नयाँ शक्ति पार्टीबाट एमालेमै फर्किएका निर्मल भट्टराईले जानकारी दिए ।











प्रतिक्रिया