१० मंसिर २०८३, बिहिबार

राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने, कसलाई कुन मन्त्रालय ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा आज सहभागी हुने भएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा आज सहभागी हुन लागेको अध्यक्ष पशुपतिशम्शेर जबराले जानकारी दिनुभयो ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ ।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

कुन मन्त्रालयमा को मन्त्री ?

दिपक बोहोरा–विज्ञान तथा प्रविधि

सुनील थापा–उद्योग

विक्रम पाण्डे-वन