१ कार्तिक २०८३, आइतबार

एनआरएन यूकेको अध्यक्षमा फगामी निर्वाचित, अरु को-कोले जिते ? (नामावलीसहित)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन । शनिबार राति सम्पन्न मतगणनामा १२९८ मत पाउँदै फगामी अध्यक्ष निर्वाचिन भए । उनका प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० ल्याए ।

त्यसैगरि, उपाध्यक्षमा डां प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी ९१०४ मत विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए ।

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए ।

आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सबैसँग सहकार्य गरी अघि बढ्छुः फगामी

‘यो जितले एकदम उत्साहित छु’, निर्वाचित भएपछि प्रतिक्रिया दिंदै फगामीले भने, ‘मेरो जितका लागि बेलायतवासी नेपाली सबैले सहयोग गर्नुभयो आभार व्यक्त गर्दछु । अब दुई वर्षे कार्यकाल सफल बनाउन पनि पूर्ण सहयोग हुने आशा छ ।’ उनले बाहिरिने साथीहरुसंग पनि सहकार्य गरेर जाने बताए ।

कसले कति मत ल्याए ?

अध्यक्ष –
कृष्णप्रसाद तिमल्सेना 912
हिराधन राई 560
योग कुमार फगामी 1298

उपाध्यक्ष –
दयानिधी सापकोटा 957
दीपककुमार श्रेष्ठ 862
डा. दिलिप कुमार यादव 365
डा. प्रेम बहादुर आले-1268
प्रेम गाहा मगर 1049
पुनम गुरुङ 1611
भोलानाथ खनाल 433
राष्ट्र राई 988
ललित कुमार न्यौपाने 1108
शेर बहादुर सुनार 1433
शुसिला राई 1209

महासचिव
खुशी लिम्बु 682
फडिन्द्र भट्टराई 827
राज कुमार त्रिपाठी 1040

उपमहासचिव
कृष्ण तिवारी 1022
विनय अधिकारी 1059

सचिव –
तारानाथ भण्डारी 1451
नारायण पौडेल ‘गाउँले’ 1366
सुरज मास्के 1188
सुनिल बाबु खड्का 988

कोषाध्यक्ष –
महेश गिरी 670
शालिकराम सापकोटा 608
सचिन श्रेष्ठ 779

सहकोषाध्यक्ष
गजेन्द्र गुरुङ 1265
सुरज पौडेल 801

युवा संयोजक
कुमार थापा 987
विरेन्द्र श्रेष्ठ 625
राजन खकुरेल-896
लाल बहादुर गुरुङ 1305

सदस्यहरु
अर्कराज तिमल्सिना 1183
कमल कँडेल 764
कुलेश्वर (कृष्ण) ढकाल-870
गंगा बहादुर राना-1178
डेबिन्द्र थापा-1099
तिलकराज भट्टराई 713
पवन शर्मा 990

पवन राई 1024
पर्शुराम पाण्डे 415
बिमला लिम्बु 1124
बिष्णु प्रसाद खरेल 567
मनिष खड्का 812
मुकेश राना 1050
होमनाथ पौडेल 988

आइसीसी सदस्य

अर्जुन कटुवाल 736
कुमारी गुरुङ 1161
जय प्रकाश गुरुङ 1241
देवराज आचार्य (चिरन) 768
शान्ति थापा 1807