काठमाडौं, २५ भदौ । नेकपा माओवादी केन्द्र जनकपुरका एक नेता एमालेमा प्रवेश गरेका छन् ।
प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी प्रवेशको लहर चलिरहेका बेला जनकपुर माओवादीका प्रभावशाली नेता सखिचन्द पन्जियार एमालेमा प्रवेश गरेका हुन् ।
उनका अनुसार शनिबार जनकपुर उपमहानगरपालिका को वडा नम्बर १७ मा आयोजित कार्यक्रममा पन्जियारसहित माओबादी केन्द्रका नेता कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका हुन् ।
नवप्रवेशीलाई एमाले धनुषाका अध्यक्ष लगायत नेताहरुले स्वागत गरेका थिए । जनकपुरमा एमालेले आफू जित्ने दाबी गरेको छ ।











प्रतिक्रिया