१० मंसिर २०८३, बिहिबार

नुवाकोटमा व्यक्तिको घरमाथि यसरी खस्यो बस, ६ जनाको ज्यान गयो, २९ घाइते (हेर्नुस् तस्वीरहरु)

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २४ भदौ । काठमाडौंबाट नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

शनिबार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका– ७ स्थित ठानाभञ्ज्याङमा भएको दुर्घटनामा विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडौंस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ ।

दुर्घटनामा २९ यात्रु घाइते छन् । उनीहरुमध्इे अधिकांशको अवस्था गम्भीर छ । घाइतेको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठानाभञ्ज्याङस्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो । बस झिल्के भनिने अनिल तामाङको घरमाथि खसेको छ । उनको दुईतले घर पूर्णरुपमा क्षति भएको बताइएको छ ।

तस्वीरहरुः रासस