४ कार्तिक २०८३, बुधबार

देशका विभिन्न स्थानमा अटोल्याण्ड निर्माण गरिनेछ : मन्त्री बलायर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले देशका विभिन्न स्थानमा अटोल्यान्ड निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघको २३ औं साधारण सभामा मन्त्री बलायरले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् । नेपालमा गाडी भित्र्याइ सकेपछि बिग्रिएका गाडीको मर्मत सम्भार गरी सुरक्षित सवारी गराउने अटो मेकानिक्सहरुको उचित मूल्यांकन हुन नसकेको यथार्थतालाई सबैले मनन गर्नुपर्ने आवश्यकतामा जोड दिदै मन्त्री बलायरले अटो मेकानिक्स व्यवसायको गम्भीरता र उपादेयतालाई सबैले बुझ्नु पर्ने आवश्यकतामा जोड दिएका छन् ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले सानादेखि ठूला सवारी साधनको उपचार गर्ने अटो मेकानिक्सहरु समाजका सम्मानित ब्यक्ति भएकाले यो पेशालाई थप मर्यादित बनाउनका लागि आवश्यक व्यवस्था गर्नका लागि पहल गर्ने बताइन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलालले अटो मेकानिक्सहरुले उठाउदै आएको अटोल्यान्डको मागलाई नाडाले पनि पूर्ण समर्थन गर्ने जनाउदै सबैले आफ्नो क्षेत्रबाट सुधारको थालनी गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले पहिले न्युरोड गेटमा सडक बीचमै वर्कसप हुने गरेको स्मरण गर्दै गाडी बढ्दै जादा मेकानिक्सको भूमिका पनि बढ्दै गएको बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसालले प्रत्येक सहरमा अटो भिलेज निर्माणको अभियान अगाडि बढिरहेको बताउदै यसका लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाउनका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्काले अब अटोल्यान्ड लगायतका अटो मेकानिक्सका नारा सरकार र सबैको नारा भएको बताउदै देशका विभिन्न क्षेत्रका रोजगारी प्रदान गरिरहेको अटो मेकानिक्स पेशालाई अझै व्यावसायिक बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।

उक्त अवसरमा देशका विभिन्न क्षेत्रका अटो मेकानिक्समा आवद्ध संस्थाका प्रतिनिधिहरुले सवारी साधनको संचालनका लागि अटो मेकानिक्सको भूमिकाका वारेमा प्रकाश पारेका थिए । कार्यक्रमको अवसरमा अटो मेकानिक्स पेशालाई मर्या्िदत र सम्मानित बनाउनका लागि लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गरेका ध्रुबकुमार श्रेष्ठ र केदारकुमार साहीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी यो वर्ष एसईई परीक्षा उत्तिर्ण गर्ने अटो मेकानिक्सका सन्तती र अटो मेकानिक्स व्यवसायी संघलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।

साधारण सभाको सञ्चालन नेपाल अटो मेकानिक्स व्यवसायी संघका महासचिव ठाकुरप्रसाद न्यौपानेले गरेका थिए ।