१ कार्तिक २०८३, आइतबार

एनआरएन पोर्चुगलमा कार्की सर्वसम्मत अध्यक्ष

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोर्चुगल । गैर आवासीय नेपाली संघ पोर्चुगलमा अध्यक्षसहीत अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । आसन्न छैठौं राष्ट्रिय अधिबेशन अन्तर्गत उम्मेदवारी परेका पदाधिकारी सहीतका अधिकांश पदमा सहमती जुटेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका रोबोट लिम्वुले उम्मेद्वारी फिर्ता लिएपछि संघको २०१७–२०१९ कार्यकालका लागि अध्यक्ष पदमा कुबेर कार्की निर्बिरोध निर्बाचित भएका छन् ।

तीन दलको समर्थनमा उम्मेदवार बनेका कांग्रेस निकट नेपाली जनसम्र्पक समितिका कार्की गैर आवासी नेपाली संघ युगाण्डाका पूर्व अध्यक्ष समेत हुन् ।

निर्बाचन समितिका संयोजक अशोक घिमिरेका अनुसार अध्यक्षसहीत, आईसिसी सदस्य, महासचिव, सचिव, महिला संयोजक, र कार्यसमिति सदस्यमा निर्बिरोध भएको छ । २ आईसिसी सदस्यमा नरेन्द्र बहादुर हमाल र पेम्बा शेर्पा निर्बिरोध निर्बाचित भएका छन् ।

आईसिसी सदस्यमा उम्मेदवारी दिएका शम्भु गौतमले उम्मेदवारी फिर्ता गरेपछि उनीहरु निर्बिरोध भएका हुन् ।

यस्तै महासचिवमा उम्मेदवारी दिएका राजु लामाले उम्मेदवारी फिर्ता गरेपछि निराजन सुवेदी निर्बिरोध निर्बाचित भए । २ सचिवमा अगेन्द्र गुरुङ र घनश्याम सुवेदी निर्बिरोध निर्बाचित भएका छन् ।

सचिवमा बलराम पौडेलले उम्मेदवारी दिएपनि अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएका थिए । महिला संयोजकमा सीता बराल निर्बिरोध निर्बाचित भएका छन् । महिला संयोजकमा बरालको मात्रै उम्मेदवारी परेको थियो ।

यस्तै कार्यसमिति सदस्यमा प्रमोद बाबु पोख्रेल, अञ्जान मिश्र, बम बहादुर घर्ती क्षेत्री, बिक्रम जंग कुवंर, दया ढकाल, दयासागर लामीक्षाने, दिपक बहादुर के.सी., दीपेन्द्र आचार्य, लाल बहादुर नेपाली, मिना माया खरेल, नबिन आचार्य, निर्मला ढकाल, राज कुमार मल्ल, सरला तिमिल्सिना र वकिल के.सी. निर्बाचित भएका छन् ।

सेप्टेम्वर १० मा हुने छैठौं राष्ट्रिय अधिबेशनका लागि कार्की र लिम्बुले दुई छुटाछुटै समुह बनाएर उम्मेदवारी दिएका थिए । कार्की कांग्रेस, एमाले र माओवादी लगायत तीन दलको सर्मथनमा उम्मेदवार बनेका हुन् भने लिम्बु स्वतन्त्र समूहको प्रतिनिधीत्व गर्दै उम्मेदवार बनेका थिए ।

कार्की र लिम्बुले दुई छुटाछुटै प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । कार्की कांगे्रस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलका कोषाध्यक्ष हुन् भने लिम्बु एमाले निकट प्रवासी नेपाली मञ्च पोर्चुगलका महासचिव हुन् ।

अब ३ उपाध्यक्ष, १ महिला उपाध्यक्ष, १ कोषाध्यक्ष, र १ युवा संयोजकका लागि आईतबार निर्बाचन हुने निर्वाचन समिति संयोजक घिमिरेले बताए ।

निर्बाचनका लागि मतपत्र लगायतका सबै कार्यक्रम तय भईसकेको उनले जानकारी दिए । ३ उपाध्यक्षमा गणेश पाण्डेय, गोबिन्द प्रसाद सापकोटा, कमल गुरुङ र कान्छाराम बुढाथोकी चुनावी प्रतिस्पर्धामा रहेका छन् । भने महिला उपाध्यक्षमा बिष्णु लुईटेल र गिता राणा चुनावी मैदानमा होमिएका छन् ।

यस्तै कोषाध्यक्षका लागि कुमार तामाङ र रमेशराज बास्तोला चुनावी प्रतिस्पर्धामा रहेका छन् । युवा संयोजकमा प्रेमछिरी शेर्पा र रबिन पौडेल चुनावी दौडमा छन् ।

कुल २८ सदस्यीय नयां नेतृत्व चयन हुने अधिबेशनमा अध्यक्ष सहीतको ११ पदाधिकारी, १५ कार्यसमिति सदस्य, २ लेखा समिति र २ आईसिसी सदस्यका लागि ५० जनाको उम्मेदवारी परेको थियो ।