रुकुम, २४ भदौ । रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोजमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
रुकुम कला साँस्कृतिक मञ्चले शुक्रबार सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो । स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरण तथा मस्त पूणित संगीत संग्राहलय स्थापना र प्रचार–प्रसारका लागि साँस्कृतिक महोत्सव गर्न लागिएको छ ।
आगामी असोज १९ गतेदेखि ३० सम्म सदरमुकाम मुसिकोटको बराहटाकुरामा लाग्ने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ ।
रुकुम कला साँस्कृतिक मञ्चको आयोजनामा पहिलो पटक हुन लागेको महोत्सवमार्फत जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा कलाकार कल्याण कोषको स्थापनाका लागि पनि महोत्सव गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा ७० देखी ८० वटा व्यवसायिक स्टलहरु राखिने भएको छ ।
महोत्सव संचालनका लागि करिब ३६ लाख बढि खर्च हुने आँकलन गरिएकाले उक्त महोत्सव सफल पार्नका लागि जिल्लाबासी सबैको सहयोग रहनुपर्ने रुकुम कला साँस्कृतिक मञ्चका उपाध्यक्ष अमित परियारको भनाई छ ।
















प्रतिक्रिया