१० मंसिर २०८३, बिहिबार

शिक्षाका माफियाहरू संसददेखि सरकारसम्म : गगन थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । शिक्षामा भैरहेको ब्यापारीकरणले शिक्षाका माफियाकाहरू संसददेखि सरकारका निर्णायक तहमा पुगेका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नामक शैक्षिक नेटवर्कको आयोजनामा राजधानीमा बिहीबारदेखि प्रारंभ भएको एक हप्ते ग्लोबल बैठकमा सभासदहरुले समेत शिक्षामा भैरहेको निजीकरणले ठूलो बिभेद जन्माएको बताएका छन ।

नेपाली कांग्रेसका नेता एवं सभासद गगन थापा, एमालेका नेता एवं सांसद गंगालाल तुलाधर, नागरिक समाजका अगुवा एवं एडिसी वाचका सयोजक गौरी प्र्रधान, महिला आयोगका कार्यबाहक अध्यक्ष भगवती घिमिरे, राष्ट्रिय मानब अधिकार आयोगका सचिब बेदप्रकाश भटराई लगायतले संसदमा नै शिक्षालाई ब्यापारीकरण गरेका प्रभाबकारी संचालकहरू छन् अनि त्यहाबाट जनताका लागि सुयोग्य बिधेयक कसरी पास गर्न सकिन्छ भनी प्रश्न गरे ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका कांग्रेस नेता गगन थापाले शिक्षालाई समय सुहाउँदो बनाउने र शिक्षा मौलिक हकका रुपमा रहेकोले सोही बमोजिम शिक्षा र स्वाथ्यलाई अगाडि बढाउने उद्देश्यका साथ नयाँ ऐनका लागि संसदमा बिधेयक पनि गएको बताउनुभयो । उहाँले त्यहाँ शिक्षालाई ब्यापारीकरण गरेका मूल ठेकदारहरु रहेको भन्दै भन्नुभयो, ‘अनि त्यो ठाउँबाट कसरी जनताका लागि बिधेयक पारित गर्न सकिएला ?’

सरकारभित्र पनि निर्णायक ठाउँमा शिक्षालाई निजीकरणमा लैजाने ब्यापारीहरू नै छन भन्दै थापाले अधिकांश राजनीतिक दलका नेताहरू पनि निजी शिक्षामा लगानी गर्नेहरू नै छन् अनि कसरी बन्छ राम्रो ऐन भनी संसद, आफनै राजनीतिक दलका नेता र सरकारमाथि गभीर प्रश्न गरेका छन् ।

पूर्वशिक्षा मन्त्री समेत रहेका एमालेका सभासद गंगालाल तुलाधरले शिक्षा क्षेत्रमा सबैलाई सहभागी गराउनुपर्छ तर, अहिले जुन रुपमा छाडा छोडने काम भएको छ त्यसले गरीब र धनीबीच ठूलो खाडल निम्त्याएको बताउनुभयो । शिक्षा पुल बन्नुपर्नेमा निजीकरणले गर्दा पर्खाल बनेको उनको भनाई थियो ।

नागरिक समाजका अगुवा गौरी प्रधानले शिक्षामा भएको निजीकरणले शिक्षामा नराम्रोसंग बिभेद गरेको बताउनुभयो ।

महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरेले शिक्षामा भैरहेको ब्यापारीकरण र छाडा प्रबृत्तिलाई रोक्न सरकारले ठोस कदम चाल्नुपर्छ तर सरकारमा, संसदमा र राजनीतिक दलले शिक्षालाई सबैभन्दा नाफामुलक रुपमा ब्यापारीकरण गरेपछि कसरी कार्यान्यन होलाभन्दै बास्तबमै ठोस कदम चाल्न ढिलाई भैसकेको बताउनुभयो । उहाँको भनाइ थियो शिक्षा र स्वास्थ्य जस्तो नाफामुलक ब्यापार अरु छैन ।

४० देशका अन्तराष्ट्रिय शिक्षाबिद् समेतको सहभागिता भएको सो कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अधियानका सयोजक कुमार भटराइले शिक्षामा भैरहेको निजीकरणले पारेको गभीर प्रभाबबारे तथ्यांक सहित अबधारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षामा सबैको पहुँच हुनुपर्ने भनी परंपरागत सरकारी भाषा प्रयोग गर्नुभएको थियो ।