२ कार्तिक २०८३, सोमबार

सुन तस्करी रोक्न सेनाले लियो ‘बोल्ड’ निर्णय

24.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाल प्रहरीले तस्करी हुन लागेको अवैध सुन समात्ने तर तस्करी नै रोक्न नसकेपछि नेपाली सेनाले अग्रसरता लिएको छ । खासगरी रसुवास्थित नेपाल चीन नाका केरुङबाट सुनको तस्करी बढेपछि सेनाले चेकजाँचमा कडाइ गरेको हो ।

यसअघि सोमबार मात्रै केरुङ नाकाबाट भित्रिएको नेपालमै ठूलो परिमाणमा ८८ किलो अवैध सुन काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले समातेको थियो । यति ठूलो परिमाणमा सुन तस्करी हुने कुरा बाहिर आएपछि जंगी अड्डाको निर्देशनमा सेनाले रसुवागढी नाकामा कडाइका साथ सरकारी र अन्तर्राष्ट्रिय नियोगका गाडीमा समेत चेकजाँच सुरु गरेको हो ।

यसअघि निजी गाडीको मात्र जांच र दर्ता गर्ने गरेको सेनाले अब रुसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणलाई सुन तस्करी रोक्न कडाइका साथ चेकजाँचको अख्तियारी दिएपछि नाकामा कडाइ गरिएको गणले जनाएको छ ।

सरकारी गाडीबाटै सुन नेपाल भित्रिएको भन्ने सूचनापछि सेनाले राजमार्गमा गुड्ने सरकारीमाथि पनि निगरानी बढाएको बताइएको छ ।