४ कार्तिक २०८३, बुधबार

२ दिनमै २० हजारले गरे “दशैंको बेला सस्तो मेला” को अबलोकन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ। दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले मेला स्थलमा प्रबेश गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले  बताए ।

दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शशेर राणाले पनि अबलोकन गरेका छन् ।

अबलोकपछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र ब्यबशायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए ।

बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका  स्टलहरु रहेका छन् ।

मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।