काठमाडौं, २२ भदौ । आइएमबिज, सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिसका प्रमुख प्रणयरत्न स्थापितले मोडल ज्योत्स्ना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेका छन् ।
योगीले विभिन्न विज्ञापन, म्युजिक भिडियोहरू, पत्रपत्रिकाकाको कभर पेज तथा नेपाली चलचित्रहरूमा आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । उनका विभिन्न सोसल मिडियाहरूमा लाखौं फलोअर पनि रहेका छन् ।
स्थापितले भने, ‘योगी गतिशील एवम् बहुमुखी प्रतिभाशाली महिला हुन् । उनमा ऊर्जा र उत्साह उत्तिकै रुपमा विद्यमान रहेको छ ।’
‘उनका यस्ता विशेषताहरू सामसङ ग्यालेक्सीको लागि पनि अवश्य प्रस्तुत हुने छन्’, स्थापितले भने, ‘उहाँसँगको सहकार्यमा हामी खुसी छौं ।’
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध रहँदै आएको छ ।
कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्सको क्षेत्रहरूलाई नयाँ परिभाषादिँदै आएको छ ।















प्रतिक्रिया