१ कार्तिक २०८३, आइतबार

एनआरएन अमेरिकामा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल बिजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक केशव पौडेल निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दिएका थिए । पौडेलले ४६.७ प्रतिशत मत ल्याई पुनः बिजयी भएका हुन् ।

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिखसम्म बिहान ८ बजेदेखि मतदान बिधुतीय प्रक्रियाद्वारा निर्वाचन भएको थियो ।

अध्यक्ष पदमा विना थापा, रामचन्द्र पोखरेल र कृष्ण पोख्रेलले उम्मेदवारी दिएका थिए । पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुनः अवसर दिन आग्रह गरेका थिए ।

१४ हजार ५ सय २० मतदातामध्ये ९ हजार २ सय ८२ मत खसेको छ । कूल ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ उपाधक्ष्य पदमा सुनिल शाह बिजयी भएका छन् । ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरूमा क्रमशः दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल, मध्यपश्चिम क्षेत्रको लागि राधा पौडेल, उत्तर पूर्व क्षेत्रको लागि रामकुमार सुबेदी तथा पश्चिमक्षेत्रमा उमा कार्की थापा रहेका छन् ।

महासचिबमा बाबुराम लामा बिजयी भएका छन् । सचिबमा होमनाथ गौतम बिजयी भएका छन् । कोषाध्यक्षमा प्रकाश अर्याल बिजयी भएका छन् ।

महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भएकी छिन् । सदस्यहरूमा अमृत कट्टेल, आङ्ग ग्याल्जेन, अरुण बन्जाडे, बिन्दु सापकोटा, दीव्या केसी, गोपेन्द्र भट्टराई, कृष्ण लामिछाने, प्रितीसगर खत्री, संजय थापा, तृष्णा शर्मा र बिष्णुबहादुर शाह बिजयी भएका छन् ।

आइसीसी सदस्यहरूमा डिल्ली भट्टराई, बन्दना कोइराला, बलराम थापा, बेदराज बस्नेत, बिष्णुमान प्रधान, धर्म भट्टराई, गोमा सेन र प्रकाश सापकोटा बिजयी भएका छन् ।