१० मंसिर २०८३, बिहिबार

चुनाव अगावै मधेसमा एमालेले खाता खोल्यो, उपमहानगरबाट विजयी सुरुवात

26.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २२ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता भएको भोलिपल्टै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

एमाले प्रचार विभागका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा एमाले तर्फर्की दलित महिला सदस्य उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै चुनाव हुनुभन्दा १० दिन अगावै एमालेको विजयी सुरुवात भएको हो ।

जितपुर सिमरा– २४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी आलमती देवी निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले दलित सदस्य पदमा एक मात्र आलमतीको उम्मेदवारी परेकोले उनी निर्विरोध भएको जानकारी दिए ।

२४ वटा वडा रहेको जितपुर–सिमरामा एमालेले प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले पहिलो र दोस्रो चरणको चुनावमा सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको थियो ।