काठमाडौं, २२ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद जंगीलाल रायले एमाले प्रवेशको तयारी गरेका छन् । यसका लागि उनले एमाले नेतृत्वसँग छलफल थालेका छन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टीको महामन्त्री हुँदा २०७० सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित रायले भर्खरै मात्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजपा परित्याग गरेका थिए ।
पार्टी छाडेसँगै उनले एमालेसँग प्रवेशका लागि परामर्श थालेका हुन् । ‘मैले अन्य पार्टीमा जाने निर्णय गरिसकेको छैन्, तर एमालेका नेताहरुसँग कुरा भइरहेको छ,’ उनले भने– ‘एक–दुई दिनमा निष्कर्षमा पुग्छु ।’











प्रतिक्रिया