२ कार्तिक २०८३, सोमबार

पहिले एमालेको विरोधमा उर्लिने जनसागर अब पक्षमा, फेरियो मधेस (हेर्नुस् तस्वीरहरु)

20k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २२ भदौ । करिब दुई वर्षयता तराई मधेसमा नेकपा एमालेको विरोधमा उर्लिने जनसागर बुधबारको उम्मेदवार मनोनयका क्रममा पक्षमा देखियो । यो दृश्य हो एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला रौतहटको । यहाँको गौरमा दुई वर्षयता नेता नेपाल आउँदा र जाँदा तनाव हुनेगर्थ्यो । आफ्नै घर (गौर) आउन जान नेता नेपालले अवरोधको सामना गर्नुपर्थ्यो । तर, अहिले स्थिती फेरिएको छ, अर्काे शब्दमा भन्दा मधेस फेरिएको छ ।

‘मधेस विरोधी’ भनिएको एमालेका मेयर उम्मेद्वार शम्भु साहको उम्मेदवारी मनोनयनको पक्षमा गौरमा निकालिएको जुलुसमा जनसागर नै उर्लियो । यसले सबैलाई आश्चर्यमा पारिदिएको छ । आखिर विरोधमा देखिने जनसागर एकाएक पक्षमा कसरी आयो ? भन्ने प्रश्नमा गौरमा भेटिएका नेता बाबुराम दाहाल भन्छन– मधेसी जनताले सबै कुरा बुझिसके । भ्रमको खेती धेरै दिन टिक्दैन् भन्ने आजको जनलहरले देखाएको छ । यहाँ हाम्रो जित सुनिश्चित छ ।’