२ कार्तिक २०८३, सोमबार

सल्यानमा काँग्रेस सभापति एमालेमा प्रवेश, ज्ञवालीले भने- अब विचलित नहुनुस्

16.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २१ भदौ । सल्यानमा नेपाली कांग्रेसका गाविस सभापति एमालेमा प्रवेश गरेका छन् । एमाले बन्गाड कुपिण्डे नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा कांग्रेसबाट साविक देवस्थल गाविस सभापति दिपबहादुर खड्कासहित केशवराज शर्मा लगायतका दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका सभापति खड्कासहित नेता कार्यकर्तालाई एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष एवं ६ नम्बर प्रदेश इन्जार्ज युवराज ज्ञवालीले कार्यकर्तालाई सिंगो देश एमालेमय बनिरहेको अवस्थामा भ्रमित र विचलित नहुन अग्रह गरे । देशको शिर उच्चो बनाउने जिम्मा र राष्ट्रको लागि काँध थाप्न यो देशमा अब एमाले मात्रै रहेको बताए । एमालेलाई सिध्याउन देशभित्र र बाहिरबाट ठूलै शक्ति लागि परेकाले जनताको पार्टी एमाले भएकोले कसैले जग हलाउन नसक्ने ज्ञवालीको दावी छ ।

त्यसैगरी अर्का नेता अर्थ समितिका सभापति एवं क्षेत्र नं. २ का सांसद प्रकाश ज्वालले पनि एमाले अब हुने हरेक चुनावमा पहिलो शक्ति भएर उदाउने दावि गरे । वैकल्पीक केन्द्रीय सदस्य गुलावजंग शाहले बन्गाड कुपिण्डे नगरमा सँगठनलाई बलियो बनाउन अगुवा कार्यकर्तालाई निर्देशन दिउ । संगठन वलियो चुस्त दुरुस्त भयो भने मात्रै सबै कुरा राम्रो हुनेमा उनको जोड थियो । साथै एक ढिक्का भएर भएर सवै नेता तथा कार्यकर्तालाई लाग्न आह्वान गरे ।

भेलालाई सह इन्चार्ज एमलाल कँडेल, जिल्ला कमिटी अध्यक्ष गोविन्द पुन र जिल्ला कमिटी सचिव रमेश कुमार गौतमले पनि सम्बोधन गरेका थिए ।