१ कार्तिक २०८३, आइतबार

मृगौला पीडित सबितालाई कतारबाट नेपालीले दिए एक लाख ९० हजार आर्थिक सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार। कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उनका  केहि साथीहरुले आर्थिक संकलन गरि गत १६ अगस्ट  २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपया पिडित सबिता परिवारलाइ नै हस्तान्तरण गरेका छन् ।

पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं बिबासी हुन् । पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको कारण बिगत ५ बर्ष देखि कतार स्थित अल तामिज क्लिनिक कम्पनिमा कार्यरत थिइन । करिब २ महिना पहिले सबितालाइ क्यान्सर रोग लागेको थाहा पाए पश्चात ४५ दिन जति कतारको हामद अस्पतालमा उपाचार गराउदै आएकी थिइन् । उपाचारको क्रममा उसलाई हमाद अस्पताल रिफर गरे पश्चात २ हप्ता पहिले नेपाल गएर ओम अस्पताल उपाचार गराउदै छिन ।  दुवै मृगौलाले काम नगरेको हुदा प्रत्यक २ दिनको फरकमा डाइलोसिस गरिरहेकि छन् । मृगौला प्रत्यारोपण गर्नको लागि करिब १० लाख रुपया खर्च लाग्ने अनुमानित गरिएको पारीवार पक्षले बताउछन ।

करिब ३२ बर्षिया सबिताका एक नाहबालक छोरा छन् कतार आउनु अगाबै श्रीमानले दोश्रो विबाह गरेका थिए । पारिवारिक स्थिति नाजुक भएको कारण आफ्नो नहाबालक लाइ पालन पोषणको निमित्त कतार आईकी थिईन । श्रीमानले दोश्रो बिबाह गरे पश्चात सबितालाई कुनै पनि तरहबाट हेरेका छैनन्।  मृगौला पिडित सबिता नेपालीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुदा निजलाई स्वइच्छा आर्थिक सहयोग गरिदिन समेत अपिल गरिकी छन्।

आफु काम गर्ने कम्पनीका खोटांग जिल्ला घर भएका चुडामणि पुरी र उनीकी साथी सिता कुवार लागएतका साथीहरुले उक्त संकलित रकम सबिता नेपालीलाइ आइ एम इ मार्फत सोहि मृगौला पिडित सबिता नेपालीको नाममा नेपाल पठाएका थिए । सहयोग संकलन गर्ने सम्पूर्णलाई सविताले एक मुस्ट धन्यवाद समेत दिएकी छन् ।