सामसङ फोरजी स्मार्टफोनको खरिदमाः ३५ दिनसम्म लगातार होम अप्लाइन्सहरु, घर लैजाने अवसर
काठमाडौं, २१ भदौ । सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने छ ।
यो योजना भदौ १६ गते देखि कार्तिक १ गतेसम्म लागू हुनेछ । भाग्यशाली बिजेता भदौ २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कार्तिक १ गतेसम्म ३५ दिन लगातार छनौट गरिनेछ । यसरी दैनिक एक जनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले पाउनुहुनेछ सामसाङ होम अप्लाइन्सहरु घरलैजाने अवसर । यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने छन् ।
यस योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई SAMSUNG टाइप गरी स्पेस दिई नयाँ 4G मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । SMS पठाई सकेपछि सिस्टमले दर्ता भएको जानकारी SMS क्बाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungMobileNP मा बेलुका प्रत्यक्ष प्रसारण गरी देखाइने छ । लक्की ड्रको अतिरिक्त१०० वा १००० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।
साथै, 3G मोडेलका सामसङ ग्यालेक्सी Next Prime, J2 & J1 Ace, का ग्राहकहले प्रबर्धनात्मक Ncell डाटा प्याक १२०० MB (१२ हप्ताको लागि १००एमबी) डाटा प्याक प्राप्त गर्न सक्नुहुनेछ यसकालागि Ncell टाइप गरी १७१०० मा म्यासेस पठाउनु पर्दछ ।
















प्रतिक्रिया