मकवानपुर, २१ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा खेती नष्ट गर्ने अभियानलाई तीब्र बनाएको छ ।
राक्सिराङ गाउँपालिकामा तस्करहरूले लगाएको ४ सय ४३ कठ्ठाको गाँजाको ब्याड नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकास खनालले जानकारी दिए । प्रहरीले २ सय ९२ कठ्ठामा लगाएको गाँजाका बोट पनि नष्ट गरेको छ ।
खनालले भने, ‘जिल्लाको उत्तरी भागमा रहेको राक्सिराङ गाउँपालिका करिब ३६ विघामा भइरहेको गाँजाको व्यावसायिक खेती नष्ट गरेका छौँ ।’ मकवानपुरका पहाडी क्षेत्रमा भारतीय तस्करहरूले स्थानीयलाई प्रयोग गरेर गाँजा खेती गर्दै आएको प्रहरी भनाइ छ ।
राक्सिराङ गाउँपालिकाबाटै प्रहरीले ३२ किलो गाँजासहित स्थानीय जय तामाङलाई पनि गिरफ्तार क्राउ गरेको छ ।











प्रतिक्रिया