काठमाडौं, २१ भदौ । प्रहरीले ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीमा प्रयोग भएको गाडी रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने दुई जना चालक पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा दाम्पा तामाङ र दिलिप खड्का रहेका छन् । ८८ केजी सुन काठमाडौंसम्म ल्याउन अन्य थप गाडी र चालक समेत प्रयोग भएकाले खोजी भइरहेको प्रहरी भनाइ छ ।
सुनका मुख्य मालिक चिनियाँ नागरिकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार गाडी चालक मनोज अधिकारीसहित ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद गरेको थियो ।











प्रतिक्रिया