१० मंसिर २०८३, बिहिबार

एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । एमालेका स्थायी समिति सदस्य तथा २ नं. प्रदेशका ईञ्चार्ज सत्यनारायण मण्डलले २ नं. प्रदेशबाट एमालेलाई सिध्याउन नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासाँग कुरा गर्दै संयोजक मण्डलले एमालेका कार्यकर्ताहरूको हत्या गर्नेसम्मका योजना बनेको बताए ।

‘एमालेका कार्यकर्ताको हत्या गर्ने योजना बनेको समेत थाहा पाएका छौँ’, मण्डलले भने, ‘एमालेलाई सिध्याउन कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको छ ।’

भारतीयहरूको डिजाइनमा एमालेलाई सिध्याउने योजना बनेको उनको आरोप थियो । ‘महन्थ ठाकुर, विमलेन्द्र निधि लगायतका नेताहरू भारतको भारतीय एजेन्ट हुन्’, एमाले स्थायी समिति सदस्य समेत रहेका संयोजक मण्डलले भने, ‘त्यही डिजाइन अन्तर्गर्त मंगलबार साँझ लहानमा एमालेका उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट गराइएको छ ।’