
काठमाडौँ, २० भदौ । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना पुनः संचालन गरेको छ ।
ग्राहकहरुले अत्याधिक रुचाएकोले शेयर धितो कर्जा पुनः शुरु गरेको एनआईसी एशिया बैंकका कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डिङ्ग मेनेजर सरोज भट्टराईले बताएका छन् ।
भट्टराईका अनुसार, सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिनमै कर्जा प्रवाह गर्ने व्यवस्थासहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बंैकको सम्पूर्ण १ सय २० शाखाहरुबाट यो कर्जा उपलब्ध हुने बताइएको छ । यस कर्जा योजना अन्तर्गत गाहकहरुले न्यूनतम २५ लाख देखि अधिकतम १० करोडसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बताइएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराइने एनआइसी एशिया बैंकले जनाएको छ ।















प्रतिक्रिया