बेल्जियम । गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन । बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन , उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठुला संगठनका साझा उमेदवार हुन । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समुहको नेतृत्व गरेका थिए ।
दाहाल आफु जन प्रगतीशीलका मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, बिप्लव (माओवादी)का साझा उमेदवार भएका थिए । कमजोर संगठनका बाबजुद निर्वाचनमा होमीएका दाहाललाई उनको काम गर्ने सैलीलाई देखिर लोकप्रिय मत दिएर बिजय गराएका छन । सामजिक क्रियाकलापमा दृढ दाहालले नेपालका बिभिन्न ठाँउमा सामाजिक काम गरेका छन । उनले निर्वाचित भएसंगं नेपाली दाजुभाइ दिदीबहिनीलाई एनआरएनको जिमेवारी दिएकोमा धन्यवाद ब्यक्त गरे । उनले सबैलाई मिलाएर यो सामाजिक अभियानमा लग्ने बिश्वास ब्यक्त गरे ।
छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजय भएका छन, प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजय भएका छन । महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिईन । महासचिवमा कोषध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा निर्वाचित भएकी छन । कोषध्यक्षमा रोशन गुरुङ निर्वाचित भए , सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा निर्वाचित भएका छन ।
छैटौ अधिबेशनले महिला सचिवमा मुना ताम्राकारmाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीज कुमार श्रेष्ठ (सिलुी सबै भन्दा बढी मत ल्याई बिजय भएका छन । त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ । निर्वाचित घोषण सभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियम सस्थापक अध्यक्ष रबिन्द्रमा श्रेष्ठ, महिला सह–संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आचार्य, सह–संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पुर्व अध्यक्षहरु तथा बिभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएन बेल्जियमको नवनिर्वाचित अध्यक्ष लोक दाहालले कार्यक्रममा भनेः
‘बेल्जियमको छैटौं अधिवेशन अन्तर्गतको निर्वाचनमा अध्यक्षको उमेदवार म, लोक दाहाललाई सम्पूर्ण बेल्जियमवासी प्रिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अपार माया, विश्वास र भरोसा राखी अध्यक्ष जस्तो गरिमामय पदमा निवार्चित गराउनु भएकोले म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । तपाईहरुको विश्वास र भरोसालाई आत्मसाथ गर्दै यस एनआरएन बेल्जियमको २०१७—२०१९ को कार्यकाललाई विशेष तवरले योजना वनाउदै बैज्ञानिक ढंगले कार्यक्रमहरु तय गर्दै कार्यक्रमहरु संचालन गर्नेछु । साथै निर्वाचनमा भाग लिनु हुने सम्पूर्ण साथीहरुलाई निर्वाचनमा हुने जित हार स्वाभाविक प्रक्रिया भएकाले आगामी दिनहरुमा संगै हातेमाले गरी अगाडि वढ्न समेत आव्हान गर्दछु । अन्त्यमा यस निर्वाचनलाई अत्यन्त सौहार्द वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरु, निर्वाचन समितिका सदस्यहरु, निर्वाचन आयुक्त, एनआरएनका अग्रजहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
















प्रतिक्रिया