४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा बाढी पीडितलाई ५ लाखको राहत वितरण, ११ लाख प्रधानमन्त्री कोषमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढी पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले रु. एघार लाखको र्आिर्थक सहायता प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।

यसैको निरन्तरता स्वरूप बाढी पिडितहरुको उद्दार तथा राहतको उद्देश्यले सामाजिक उतरदायीत्व कार्यक्रमअन्तर्गत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोतरी जिल्लाको मटीहानीका बाढी पीडितहरुलाई रू ५ लाख बराबरको त्रिपाल तथा खाद्यान्न सामग्री वितरण गर्नु भएको छ ।

बैंकले ५०० परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा राहत वितरण कार्यक्रम गरिएको थियो । यसअघि पनि बैंकले महाभूकम्पका पीडितहरुलाई आर्थिक सहयोग स्वरुप एक करोड सो कोषमा प्रदान गरेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिनुभयो ।