२ कार्तिक २०८३, सोमबार

नायिका बर्षा राउतका पिता एमालेबाट बर्दिबास नगरका मेयर उम्मेदवार, जित्ने सम्भावना कति ?

35k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २० भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा ‘काफल पाक्यो’ नामक चलचित्रकी नायिका वर्षा राउतका पिता सुरेश बहादुर राउत नेकपा एमालेका तर्फबाट महोत्तरीको बर्दिबास नगरपालिकामा मेयर पदको उम्मेदवार बनेका छन् ।

एमाले नेता कार्यकर्ताले उनको पक्षमा यहाँ महोल बन्दै गइरहेको र जित्ने दाबी गरिरहेका छन् । मेयर उम्मेदवार राउत अहिले आफ्नो एजेण्डा लिएर जनताको घरदैलोमा भोट माग्दै व्यस्त छन् ।

सधै जनताको कामलाई प्राथमिकता दिने, स्थानिय निकायलाई बलियो बनाउदै नगर विकासमा साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेता राउतले बर्दिबास नगरपालिका मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि उनको चर्चा झनै बढेको हो ।

आफैमा बर्दिबास नगरपालिका एक ऐतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता राउतको आबश्यकता रहेको र सम्पूर्ण बर्दिबासका जनताको माग समेत रहेको एमालेका जिल्लास्तरीय नेता कार्यकर्ताको तर्क छ ।

पछिल्लो समय बर्दिबासमा उनको पक्षमा माहोल र जनलहर सिर्जना भएको नेताहरुको भनाई छ । ‘अहिलेसम्मको परिस्थिति हेर्दा उनको जित सुनिश्चित छ,’ जितको दाबी गर्दै एमालेका एक नेता भन्छन् ।

सुरेशलाई उनकी छोरी नायिका वर्षाले पनि चुनावी प्रचार अभियानमा साथ दिइरहेकी छन् । बर्षाले ‘काफल पाक्यो’ नामक चलचित्रमा खेलेकी थिइन् ।

उनका बाबु सुरेशले जित्छन् कि हार्छन् त्यो असोज २ सम्म कुर्नैपर्छ ।