काठमाडौं, २० भदौ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले ९० सिट जित्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘हाम्रो प्रारम्भिक तयारी र आँकलन भनेको नै ९० सिट जित्ने हो, त्यहीअनुसार व्यापक तयारी भैरहेको छ ।’
नेता झाले चुनावको लागि पार्टीले करिब–करिब सबै स्थानमा उम्मेद्धवारहरुको नाम टुँगो लगाएको समेत जानकारी दिए । उनले चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४–५ ठाउँमा तालमेल हुने समेत स्पष्ट पारे । उनले भने, ‘केही ठाउँमा माओवादी केन्द्रसँग पनि तालमेल हुन्छ, संभावना बढ्दै गएको छ ।’
त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल हुनै नसक्ने भन्ने नभएको बताए । उनले थपे, ‘एमालेसँग वर्जित छैन, अहिलेसम्मको संकेत हेर्ने हो भने तालमेलको संकेत भने देखिएको छैन, तर अनुकुलता हेरेर जोसँग पनि हुन सक्छ ।’











प्रतिक्रिया