
काठमाडौं, १९ भदौ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल प्रदेश नम्बर दुईमा परिचालन भएको छ ।
अध्यक्ष राजीव पहारीको नेतृत्वमा संघको केन्द्रीय टोली सोमबारदेखि प्रदेश नम्बर दुई प्रस्थान गरेको छ । टोलीले मधेसका लागि एमालेले सरकारमा रहँदा गरेका कामहरुबारे जनतालाई जानकारी गराउने, कार्यकर्तालाई प्रशिक्षण दिने र माउ पार्टी एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा काम गर्ने सचिव माधव बास्तोलाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष राजिव पहारीले आठै जिल्लाको अनुगमन गर्ने छन् भने हरेक जिल्लामा दुई जनालाई जिम्मेवारी तोकिएको छ ।
जस अनुसार बरामा चन्द्र लमा र राजेश साह, पर्सामा राजु गुरुङ र ह्दम लामा, रौतहटमा दिलुकुमारी पन्त र हस्त शाही, सर्लाहीमा गोबिन्द थापा र क्रान्ति बुर्लाकोटी, महोत्तरीमा नरेश साही र मञ्जू यादव, धनुषामा किरण पौडेल र बचनबहादुर सिंह, सिरहामा माधव बास्तोला र अशोककुमार चन्द र सप्तरीमा रमेश पौडेल र पर्शुराम बस्नेतले जिम्मेवारी पाएका छन् ।











प्रतिक्रिया