१० मंसिर २०८३, बिहिबार

यस्ता छन् दुई नम्बर प्रदेशमा मुस्लिम समुदायबाट स्थानीय तहमा भिड्ने कांग्रेस उम्मेदवार

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

 

ललितपुर, १९ भदौ । नेपाली कांग्रेसले २ नं प्रदेशका स्थानीय तहको नेतृत्व गर्न मुस्लिम समुदायका अगुवाहरुलाई सम्मानपूर्वक अगाडि सारेको छ ।

नेपाली कांग्रेसले सोमवार सार्वजनिक गरेको नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुमा मुस्लिम समुदायका महिला र पुरुष दुवै परेका छन् ।

कांग्रेसले रौतहटको इस्नाथ नगरपालिकामा कौशिल्यादेवि, परोहा नगरपालिकामा प्रमुखमा शेख वकिल, राजपुर नगरपालिका प्रमुखमा मो. सकिल अख्तर र गुजरा नगरपालिका प्रमुखमा शेष दाउदलाई उम्मेवार बनाएको छ । कांग्रेसले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा साबिर हुसेन,बाराको फेटा गाउँपालिकाको अध्यक्षमा रुस्तम अन्सारी र महोत्तरीको साम्सी गाउँपालिका अध्यक्षमा रंकिब शेख उम्मेदवार बनाएको छ ।

बाराको कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुन, महोत्तरीको मटिहानी नगरपालिका उपप्रमुखमा जुमैदा खातुन, पर्साको पोखरीया नगरपालिकाको उपप्रमुखमा रेहबा खातुन, जगरनाथपुर गाउँ पालिका उपाध्यक्षमा मैमुल नेशालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

यस्तै रौतहटको इसनाथ नगरपालिकाका उपप्रमुखमा शेष कलाम हुसैन, राजपुर नगरपालिकाको उपप्रमुखमा जकिरा खातुन र बृन्दाबन नगरपालिकाको उपप्रमुखमा नूर जहाँलाई कांग्रेसले उम्मेद्वार बनाएको छ ।

यसरी नै कांग्रेसले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा सखिना खातुन र छिन्नमस्ता गाउँपालिकामा सहिदा खातुनलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

सर्लाहीको मलंगवा नगरपालिकाको उपप्रमुखमा शवनम मिकरानी कांग्रेसको उम्मेदबार बन्नुभएको छ ।