२९ आश्विन २०८३, बिहिबार

१४ लाख साना किसानलाई आफ्नो उत्पादनले वर्षभरी खान पुग्दैनः गभर्नर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गभर्नरकाठमाडौं, ८ कात्तिक  । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले १४ लाख साना किसान आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने अवस्थामा रहेको बताउनु भएको छ ।

राजधानीमा भएको साना किसान सम्मेलनमा बोल्दै गभर्नर खतिवडाले यस्तो मार्मिक तथ्य उल्लेख गर्नुभएको हो ।

उहाँले सरकारले खाद्यान्न बालीको न्यूनतम आधार मुल्य तोक्नुपर्नेमा समेत जोड दिदैँ  जमिनलाई सहकारीकरण गरेर किसानको पहुँच नबढाउने हो भने साना किसानको उन्नति नहुने दाबी गर्नुभयो ।

कृषि व्यवसायमा प्राकृतिक प्रकोपबाट उत्पन्न हुने जोखिम, किटजन्य जोखिम, बजार उपलब्धता र मुल्यको जोखिम र बीमाको जोखिम विद्यमान रहेको भन्दै उहाँले जोखिम न्यूनिकरणका लागि सरकारले कृषि बीमा अनुदान बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले देश विकासको साँचो किसानका हातमा भएको उल्लेख गर्नुभयो । उहाँले आफू अर्थमन्त्री हुँदा सहकारी र किसानका लागि थुप्रै योजना ल्याएको समेत दाबी गर्नुभयो ।

त्यसैगरी एमाओवादीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सहकारीलाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो । पुनले एमाओवादी  तीनखम्बे आर्थिक नीतिमार्फत देशको विकास हुन्छ भन्नेमा विश्वस्त रहेको समेत बताउनुभयो ।

तराई मधेस लोकतान्त्रीक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले नेपालको कृषि क्षेत्रको विकासका लागि नीतिको समस्या नभई नियतको समस्या रहेको दाबी गर्नुभयो ।

‘

‘