२ कार्तिक २०८३, सोमबार

टिकटको विषयलाई लिएर उपेन्द्रको पार्टीमा विवाद, रेणु यादवलाई कार्यकर्ताले घरभित्रै थुने

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १९ भदौ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवार छनोटको विषयलाई लिएर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा विवाद सिर्जना भएको छ ।

विवादले उग्ररुप लिदा सोमबार सप्तरीको राजविराजमा पार्टीकी केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । उनीहरुले उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई घरभित्रै थुनेका हुन् ।

घर अगाडि बिहानैदेखि नाराबाजी गरेका कार्यकर्ताले घरमा आगजनी गर्ने प्रयास समेत गरेका छन् । यसका साथसाथै उनीहरुले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् । सडकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् । कार्यकर्ताले यस्तो ताण्डव मच्चाउँदा रेणु घरभित्रै थुनिएकी छन् ।

अहिले उनको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ । र, कार्यकर्ता प्रदर्शन पनि जारी छ ।

स्रोतका अनुसार पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद यादवको अडानका कारण सप्तरीको बोदेबरसाइन नगरपालिकामा आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर उम्मेदवार बनाउने रेणुको प्रयास सफल भएन् । त्यहाँ अनिरुद्रका छोरा आतेशकुमार सिंह यादवले टिकट पाए ।

आफ्नो छोरानले टिकट नपाएको बदलामा रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा ठाडो हस्तक्षेप गरी आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाइन् । चित्रंगनलाई स्थानीय नेता कार्यकर्ताले रुचाएनन् र पार्टीमा अनावश्यक हस्तक्षेप गरेको भन्दै उनीविरुद्ध विरोधमा उत्रिए । उनीहरुले चित्रंगनको टिकट खारेज हुनुपर्ने माग राखेका छन् ।