काठमाडौं, १९ भदौ । प्रमुख निर्वाचन आयुक्ति अयोधीप्रसाद यादवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनसम्बन्ध आचार संहित गम्भीर रुपमा उल्लंघन गरेकाले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख आयुक्त यादवले आचार संहिता उल्लंघन गरेकै कारण नेता नेपाललाई स्पष्टीकरण सोधिएको बताए ।
‘आचार संहिता विपरितका कुनै पनि गतिविधि गर्न पाइँदैन’, उनले भने, ‘माधव नेपालज्यूले पनि आचार संहिता विपरितको कार्य गरेपछि बाध्य भएर पत्र काटिएको हो ।’
प्रमुख निर्वाचन आयुक्त यादवले सरकार विस्तारको कुरा आफूले सुनेको भन्दै आचार संहिता विपरित मन्त्रिमण्डल विस्तार नगर्न सरकारलाई सुझाव दिए । ‘मन्त्रिमण्डल विस्तारको कुरा राजनीतिक हो’, उनले भने, ‘सकेसम्म विस्तार नगरेकै राम्रो ।’
कर्मचारी सरुवाका विषयमा अत्यावसेक अवस्था रहेमा सरकारलाई आफूहरूले सुरुवाका लागि अनुमति दिने गरेको उनले बताए ।











प्रतिक्रिया