काठमाडौं, १९ भदौ । नेपालभर महिन्द्राटु ह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रा.लिले आफ्ना ग्राहकहरूलाई हाल दशैं तिहार तथा छठ जस्ता उल्लासमय चाड पर्वलाई लक्षित गर्दै महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशकोयात्रा योजना प्रस्तुत गरेको छ ।
यस योजनामा ग्राहकले कुपन स्क्र्याच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्ने छन् ।
ग्राहकले यो चाडपर्वको वेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क्र्याच कुपनपा पाउने छन् ।
उक्त कुपनलाई स्क्र्याच गरी न्युनतम २.५ ग्रामदेखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइनेछ । हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने छन् ।
बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्लने छ ।
महिन्द्रा टुह्वीलर उच्चतम प्रविधि युक्त बाइक तथा स्कुटरहरू हुन् । यी बाइक तथा स्कुटरले कम इन्धन खपत गरी अधिकतम माइलेज दिंदै आएका छन् ।
नेपालभर सुलभ तरिकाबाट जेन्युन स्पेयरपार्ट उपलब्ध हुनु, विक्रीपछिको ग्राहकमुखी सेवा जस्ता विशेषताले गर्दा महिन्द्रा टुह्वीलर नेपाली उपभोक्ता माझ लोकप्रिय बन्दै आएको कम्पनीको दाबी छ ।















प्रतिक्रिया