१ कार्तिक २०८३, आइतबार

ग्लोबल तेक्वान्दो डेमोन्स्ट्रेसनको फाइनलमा नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेपाली डेमोन्स्ट्रेसन टिमले दक्षिण कोरियामा भएको ग्लोबल तेक्वान्दो डेमोन्स्ट्रेसन फेस्टिभलको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।

कोरियाको मुजु शहरमा भएको डेमोन्स्ट्रेसन फेस्टिभलमा उत्कृष्ट ३ भित्र पर्दै नेपालले समापन समारोहमा प्रतिस्पर्धा गर्ने भएको हो ।

विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को प्रोमोसन फाउन्डेसनद्वारा आयोजित डेमोन्स्ट्रेसन फेस्टिभलमा छनोट भएका कुल १० राष्ट्रमा नेपाल उत्कृष्ट ३ मा पर्दै समापन समारोहका लागि छनोट भएको हो । कुल १२ खेलाडी सम्मेलित नेपाली टोलीले आफ्नो संस्कृतीको गीतमा डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए ।

यद्यपि ,आयोजकले भोटिङको आधारमा चिन र भियतनामलाई छनोट गरेको थिए । नेपाललाई भने आउट स्टेन्डिङ कला प्रस्तुत गरेका कारण अतिरिक्त राष्ट्रको रुपमा छनोट गरिएको नेपाली टोलीका म्यानेजर सुस्मा भट्टले बताइन् ।

सुस्माले भनिन्, ‘यसअघि आयोजकले २ राष्ट्रलाई मात्र छनोट गर्ने बताएको थियो । यद्यपि,नेपालको राम्रो प्रदर्शनका कारण भोटिङमा नेपाल पछि परेपनि समापन समारोहमा हामीलाई प्रदर्शन गर्ने अवसर दिइयो ।’

गत अगस्ट १ देखि सुरु भएको फेस्टिभल ५ सेप्टेम्बरसम्म चल्नेछ । नेपाली डेमोन्स्ट्रेसन टोलीको प्रशिक्षकमा श्याम थापा र तेक्वान्दो प्रशिक्षक राजेन्द्र पुजारी छन् ।