काठमाडौं, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमांकन सच्याउने प्रस्ताव अघि सारेका छन् ।
आइतबार चितवनमा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमार्फत अध्यक्ष ओलीले अहिलको ७ प्रदेशको सीमांकनलाई हेरफेर गर्ने प्रस्ताव सार्वजनिक गरेका हुन् ।
सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’ समय क्रममा त्यसलाई सच्याइने उद्घोष गरे ।
७ प्रदेशको सीमाकंनमै असन्तुष्टि, विवादका कारण राजधानी र नाम तय नभएका बेला एमाले अध्यक्ष ओलीले प्रदेशसभा र प्रतिनिधि सभा चुनावको मिति घोषणा भएलगत्तै सीमाकंन सच्याउने प्रस्ताव अघि सारेका हुन् ।
उनले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्नेमा समेत जोड दिए । भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको भन्दै एमालेले यसको भण्डाफोर गर्ने जानकारी दिए ।















प्रतिक्रिया