
काठमाडौँ, १७ भदौ । नेकपा एमालेले प्रदेश नम्बर २ का महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनौट गरेको छ ।
एमाले स्थायी समितिको शनिबारको बैठकले बाराको कलैया उपमहानगरपालिकाको मेयरमा बिनोद साह र उपमेयरमा प्रतिमा यादव, जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसैगरी, बीरगञ्ज महानगरपालिकाको मेयरमा बसुरिद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाउने निर्णयलाई पनि शनिबारको स्थायी समितिको बैठकले अनुमोदन गरेको छ ।











प्रतिक्रिया