काठमाडौं, १७ भदौ । सत्तारुढ नेपाली कांग्रेसका नेता दीपक खड्काले निर्वाचन आयोगले हतारमा निर्वाचन आचारसंहितालागु गरेको भन्दै तत्काल उक्त आचारसंहिता फिर्ता लिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘आयोगले हतार गरेर आचारसंहिता लागु गर्यो, यो फिर्ता लिनुपर्छ ।’ उनले सरकारले धेरै कामहरु गर्न बाँकी नै रहेकोले आयोले आचारसंहिता लागु गर्ने मितिमा नै ‘करेक्सन’गर्नुपर्ने माग गरे ।
पूर्वमन्त्री समेत रहेका नेता खड्काले २ नम्बर प्रदेशको निर्वाचनमा कांग्रेसले माओवादीसँग नै तालमेल गर्ने बताए । उनले भने, ‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अझै दुई चार वर्ष जानुपर्छ, यही गठबन्धनवीच अहिलेको चुनावमा मात्रै नभएर आउने चुनावमा पनि तालमेल हुनुपर्छ र हुन्छ पनि ।’ यद्यपी उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भने अहिले कुनै तालमेल नहुने स्पष्ट पारे ।
खड्काले प्रदेशनम्बर २ मा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । उनले भने, ‘तराईमा हाम्रो पार्टीलाई जनताले पहिलो बनाउँछन् ।’












प्रतिक्रिया