१० मंसिर २०८३, बिहिबार

पूर्व प्रधानमन्त्रीका छोरा एवं पूर्व सांसद यज्ञजीत शाह एमालेमा प्रवेश

13.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । पूर्व प्रधानमन्त्री डा. केआई सिंहका कान्छा छोरा यज्ञजीत शाह एमालेमा प्रवेश गरेका छन् । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल सद्भावना पार्टीका तर्फबाट रूपन्देही जिल्लाको क्षेत्र नं. ५ बाट निर्वाचित सांसद शाह शनिबार एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, ‘मानव अधिकारका लागि महिला (एकलं महिला) संरक्षण’ नामक संगठनका केन्द्रीय अध्यक्ष लिली थापा पनि औपचारिक रूपमा एमालेमा प्रवेश गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकता भेलामा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने– बैशाखी त्यतिबेला चाहिन्छ । जतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’

कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नामको बैशाखीको सहारा लिएको दाबी गर्दै उनले एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी गरे ।

भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई, नागेनद्र चौधरी लगायतका नेता हरुको सहभागिता रहेको थियो ।