१० मंसिर २०८३, बिहिबार

एमालेले बोलायो २ नं. प्रदेशको भेला, आजै स्थायी समिति पनि बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । नेकपा (एमाले)ले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लिएर २ नं. प्रदेशको भेला बोलाएको छ ।

काठमाडौं धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा मध्यान्ह १२ बजेदेखि एमालेको भेला सुरु हुनेछ । भेलामा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता तथा २ नं. प्रदेशका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ ।

भेला सम्पन्न भएपछि आजै स्थायी समितिको बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । ‘आजको स्थायी समिति बैठकले २ नं. प्रदेशका उम्मेदवारहरूको टुंगो लगाउनेछ’, उहाँले भन्नुभयो ।

भेलाको सुझावअनुसार एमालेले २ नं. प्रदेशका स्थानीय तहमा उम्मेदवारहरूको चयन गर्ने श्रेष्ठले बताउनुभयो ।