२ कार्तिक २०८३, सोमबार

चितवनमा कांग्रेस–माओवादीका थुप्रै नेता–कार्यकर्ता एमालेमा प्रवेश, नेपालले गरे स्वागत

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, १७ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता समीकरणमा रहेका दलहरू निर्वाचन आचार संहिता उल्लंघन गर्न उद्धत रहेको बताएका छन् ।

जसरी पनि २ नं. प्रदेशमा स्थानीय निर्वाचन जित्नुपर्छ भन्दै सत्ता, शक्ति र सरकारी ढुकुटीको दुरुपयोग गरी निर्वाचन आचार संहिता उल्लंघन गरेको उनले बताए ।

एमाले कालिकानगर आयोजक कमिटी चितवनद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शुक्रबार खोलेसिमलमा सम्वोधन गर्दै नेपालले एमालेको जनलहर देखेर सत्ताधारी दलका नेताहरू अत्तालिएको बताए ।

२ नं. प्रदेशमा पनि एमाले प्रथम हुनुको विकल्प नभएको भन्दै नेता नेपालले जनमुखी काम गर्ने एमाले पार्टी वृद्धवृद्धा, महिला, आदिवासी, मधेसी, हिमाली, पहाडी लगायत सबैको भरोसाको पार्टी भएको बताए ।

एक सयभन्दा बढी एमालेमा प्रवेश

एमाले कालिकानगर आयोजक कमिटीद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेस केन्द्रित दल र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी १ सयभन्दा बढी व्यक्तिहरू एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई वरिष्ठ नेता नेपालले टीका र मालालगाई पार्टी प्रवेश गराएका थिए । भेटघाट कार्यक्रममा कालिकानगर नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, उपमेयर कमला भट्टराई, जिल्ला सचिवालय सदस्य जयचन्द्रप्रसाद चौधरी, जिल्ला सचिवालय सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, युवातथा खेलकुद विभाग जिल्ला सदस्य दीपक लामिछाने, नगर सचिवालय सदस्य केशव लामा, नगर आयोजक कमिटीका संयोजक भीष्मप्रसाद खनाललगायतले कार्यक्रममा मन्त व्यव्यक्त गरेका थिए ।