१० मंसिर २०८३, बिहिबार

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ निर्वाचित, गृहमन्त्री शर्माका भाइ पराजित

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनु भएको छ ।

तामाङ झिनो मतअनतरले विजयी भएको एक विद्यार्थी नेताले बताए । अध्यक्षका प्रतिस्पर्धी अनिल शर्मा तामाङसँग २१ मतले पराजित हुनु भएको हो ।

शनिबार बिहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राजभण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी हुनु भएको छ ।

महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रुकुम घर भएका अनिल शर्मा गृहमन्त्री जनार्दन शर्माका उम्मेदवारका रुपमा परिचित थिए । अनिल शर्मा नाताले जनार्दन शर्माका भाइ पर्नु हुन्छ ।

अध्यक्षमा निर्वाचित झापा रञ्जित तामाङलार्इ माओवादी केन्द्रका नेता वर्षमान पुनको समर्थन रहेको बताइन्छ ।