काठमाडौं, १७ भदौ । उर्जामन्त्री एवम् माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले २ नं. प्रदेशमा सबैभन्दा धेरै विद्युत चोरी र चुहावट हुने गरेको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उर्जामन्त्री शाहले २ नं. प्रदेशमा सबैभन्दा ठूलो समस्या विद्युत चोरी रहेको बताउनुभयो ।
‘२ नं. प्रदेशमा सबैभन्दा धेरै विद्युत चोरी हुन्छ । अनि कसरी गर्न सकिन्छ लोडसेडिङको अन्त्य ?’, उहाँले भन्नुभयो, ‘मैले मात्रै के गर्ने ?’
२ नं. प्रदेशमा लोडसेडिङले जनता पीडित बनेका छन् यसमा तपाईले केही गर्न सक्नु भएन नि ? भन्ने प्रश्नको जवाफमा उर्जामन्त्री शाहीले रिसाउँदै भन्नुभयो, ‘प्रत्येक व्यक्तिलाई डिउटी गरेर बस्न सकिँदैन । २ नं. प्रदेशमा धेरै बिजुली चोरी हुन्छ । मैले मात्रै के गर्ने । चोरी नियन्त्रण गर्न मलाई स्थानीय जनताले सहयोग गर्नुपर्छ ।’
२ नं. प्रदेशमा अहिले १२ घण्टाभन्दा धेरै समय लोडसेडिङ हुने गरेका गुनासा र समाचारहरू आइरहेका छन् ।











प्रतिक्रिया