
धनकुटा, १६ भदौ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गद्दारी गरेको भन्दै पुराना कम्युनिष्ट नेतासहित दुई दर्जनले माओवादी केन्द्र छाडेका छन् ।
जनयुद्दका विरोधी शक्तिहरुसँग मिलेर प्रचण्डले जनताप्रति गद्दारी गरेको भन्दै पुराना कम्युनिष्ट नेता यज्ञ भण्डारी, पुण्यप्रसाद खतिवडा, दीपक भण्डारीसहितका दुई दर्जन नेता कार्यकर्ता नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
२०२८ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय यज्ञ भण्डारी कम्युनिष्ट आन्दोलनका धरोहर मानिन्छन् ।















प्रतिक्रिया