२९ आश्विन २०८३, बिहिबार

इराकमा आइएस विरुद्ध क्यानाडाको पहिलो हवाई आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद, १७ कात्तिक । iraq-mapइराकमा क्यानाडाले इस्लामिस्ट स्टेट (आइएस) लडाकूविरुद्ध आइतबार पहिलो पटक हवाई  आक्रमण सुरु गरेको  छ ।

इराकको अन्बर प्रान्तमा इस्लामिक स्टेट्का जिहादी समूहले सुन्नी अल्बु निम्र आदिवासी समुदायका दुई सयभन्दा बढी सदस्यको हत्या गरेपछि  क्यानाडाले सो  हवाई आक्रमण सुरु गरेको  बताइएको छ ।

अन्बर प्रान्तीय परिषद्का उपप्रमुख फलेह अल–एसावीले  यस आक्रमणबाट २५८ व्यक्तिको ज्यान गएको जानकारी दिनु भएको थियो । यद्यपि सो आक्रमणहरुमा तीनसय भन्दा  बढी व्यक्तिको ज्यान गएको अनौचारिक  समाचारले जानकारी दिएको छ ।

‘आज हवाई आक्रमणले हाम्रो सरकार आतङ्ककारी विरुद्ध उपस्थित  रहेका छौँ ’ भन्ने सिद्ध गर्ने छ, ‘निर्दोष बालबालिकासहित महिला पुरुषमाथि आइएसले गरेको यस अत्याचार विरुद्ध हामी लड्ने छौँ’ भनी क्यानाडियाली रक्षामन्त्री रोब निचोल्सोनद्वारा एक विज्ञतिमार्फत बताउनुभएको छ ।
क्यानाडाले आइएस लडाकूविरुद्ध लडाईमा गत बिहीबारबाट सहभागिता जनाएको थियो  ।

सो क्रममा क्यानाडाले इराकमा आइएस लडाकूको बलियो प्रभाव रहेको फाल्लुजाह सहरमा आइएस विरुद्धको हवाई आक्रमणका लागि सिएफ– १८ एस दुईवटा विमान पठाउने भन्दा आगाडि दुई दिनसम्म प्राथमिक परीक्षण गरेको बताइएको छ ।

गत १० दिनयता इराकमा  आइएस लडाकूले गरेको आमहत्यामा सयौँ सुन्नी अल्बु निम्र आदिवासीको  मृत्यु भईसकेको छ  ।

इराकको  कारबाला सहरमा  वार्षिक रुपमा हुने प्रमुख तीर्थयात्राको  लागि लाखौ सिते मुसलमान समुदायले तयारी गरिरहेको यस अवस्थामा इराकमा आइएस अतङ्ककारी समूहले जारी राखेको हिंसा बढ्दै गएको  बताइएको छ ।

आइएस आतङ्ककारी समूहले इराक र सिरियामा हिंसा मच्चाउनुको साथै सो देशहरूका कयौँ भागहरू नियन्त्रणमा समेत  लिएका छन् ।

आईएसले सिरियामा पनि आफूविरुद्ध युद्ध गर्ने सिरियाली आदिवासी समुदायका सयौँ व्यक्तिलाई  मार्ने गरेको  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले  जानकारी दिएको छ  । रासस/एएफपी