काठमाडौं, १६ भदौ । नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीले उपरथीको फूली लगाएका छन् । साथै उनले नयाँ जिम्मेवारी पनि पाएका छन् ।
राष्ट्रपतिको कार्यालय, सुरक्षा तथा समारोह व्यवस्था सचिवालयमा कार्यरत सहायक रथी कार्की मन्त्रिपरिषदको भदौ १४ को निर्णयबाट उपरथीमा बढुवा भएका थिए ।
उनलाई शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बढुवा भएका कार्कीलाई प्रदेश नं. ५ मा हालै स्थापना भएको मध्यपश्चिम पृतनाको जिम्मेवारी सम्हाल्न खटाउने जंगी अड्डाको तयारी छ ।












प्रतिक्रिया