२ कार्तिक २०८३, सोमबार

राजपा नेपालमा एकजना सांसद प्रवेश, बबरमहलमा भव्य स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । महोत्तरीबाट संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राजपा नेपालको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टी प्रवेश गराउनु भएको महासचिव केशव झाले जानकारी दिनुभयो ।

सांसद झालाई संयोजक ठाकुरका साथै अध्यक्ष राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवसहितका नेताहरूले स्वागत गर्नुभएको थियो ।