१० मंसिर २०८३, बिहिबार

क्यानडा र यूएई भ्रमणमा किन जाँदैछन् प्रधानसेनापति क्षत्री ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्री भोलि क्यानडा भ्रमणमा जानुहुने भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति क्षत्री अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र क्यानडियन फोर्सेसको संयुक्त तत्वावधानमा क्यानडाको भिक्टोरियामा भदौ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने एसिया प्रशान्त क्षेत्रीय देशहरुका आर्मड् फोर्सेसका प्रमुखहरुको बार्षिक सम्मेलनमा भाग लिन क्यानडा जान लाग्नुभएको हो ।

यस्तै, प्रधानसेनापति क्षत्री क्यानडाबाट भदौ २३ गतेदेखि २७ गतेसम्म संयुक्त अरब ईमिरेटसको यूएई आर्मड फोर्सेसका चीफ अफ स्टाफ ल्युटेनान्ट जनरल हमाद मोहम्मद थानी अल रुमैथीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र संयुक्त अरब ईमिरेटसको भ्रमणमा जाने कार्यक्रम रहेको छ । उक्त भ्रमणमा प्रधान सेनापतिका धर्मपत्नी रीता क्षत्री तथा सह सैनिक सहायकसहितको भ्रमण टोली रहने छ ।

क्यानाडाको भिक्टोरियामा संचालन हुने एसिया प्रशान्त क्षेत्रीय देशहरुका आर्मड् फोर्सेसका प्रमुखहरुको बार्षिक सम्मेलनमा मुख्यतया ट्रेण्ड इन द इण्डो एसिया प्यासिफिक, काउन्टरिङ एण्ड प्रिभेन्टिङ भ्वाइलेन्ट एक्सट्रिजम तथा पिस सपोर्ट अपरेशन सम्बन्धी बिषयबस्तुमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री भदौ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम छ ।