१० मंसिर २०८३, बिहिबार

‘काँग्रेसमा पौडेलजी रोएका छन, एमाले-माओवादीमा पनि त्यही छ, असमझदारी हुँदैमा अर्को पार्टी खोल्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– क्षेत्रनाथ देबकोटा

बाँके, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीमा आन्तरिक बिवाद स्वभाविक भन्दै त्यही आधारमा पार्टी विभाजन गर्न नहुने बताएका छन् ।

‘नेपाली काँग्रेसमा रामचन्द्र पौडेलजी रातदिन रोएर बस्नुपरेको छ, एमाले र माओवादीमा पनि त्यही छ,’ नेपालगन्जमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले भने– ‘कुनै नेतासँग असमझदारी हुँदैमा अर्को पार्टी गठन गर्दै जाने हो भने के होला ?’

उनले आगामी निर्वाचनमा आत्मसमर्पणवादी चिन्तन बोकेका दल र राष्ट्रवादी शक्तिबीच प्रतिष्पर्धा हुने बताए । नेपालगन्जमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउँदै आत्मसमर्पणवादी दलहरुको गठबन्धन बनाउन खोजिएको टिप्पणी गरे ।

निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक्लाएक्लै प्रतिष्पर्धा गर्दा कमजोर हुने भएकाले राजनीतिक ध्रुवीकरणमा राष्ट्रवादी शक्तिबीच सहकार्य हुन आवश्यक भएको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दिइएका अभिव्यक्तिले त्यसलाई पुष्टी गर्ने बताउनु भयो ।

अध्यक्ष थापाले राप्रपाको मुल नेतृत्व पार्टी एकीकरणपछि आत्मसमर्पणवादी कित्तामा जान नमानेपछि पार्टी फुटाइएको टिप्पणी गरे । राप्रपा विभाजन हुनुमा आन्तरिक कारण भन्दा पनि बाह््य कारण भएको उनको दावी छ । राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन पार्टी बिभाजन गरिएको उनले दावी गरे । उनले सरकारले राजनीतिक दलहरुसँग गरेको सहमतिको आधारमा सकेसम्म एकैचरणमा प्रदेशसभा र संघको निर्वाचन गर्नसके राम्रो हुने बताए ।

राप्रपाले प्रस्तुत गरेको हिन्दू राष्ट्रको संशोधनमा सत्तापक्ष र मधेस केन्द्रीत दलले ध्यान नदिएको, राप्रपा फुटाउन सरकार नै क्रियाशिल रहेकाले संशोधनमा राप्रपाले समर्थन गर्न नसकेको उनको भनाई छ । अध्यक्ष थापाले संशोधन बिधेयकमा बिवाद भएपनि राष्ट्रलाई अहित हुने बिषय नभएको बताउदै तर यसले मधेसका मुलभुत माग पुरा हुन नसक्ने बताए ।