१० मंसिर २०८३, बिहिबार

न्याय परिषदद्वारा संवैधानिक इजलास गठन, सदस्य थपिए

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । न्याय परिषदले संवैधानिक इजलासलाई पूर्णता दिएको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि रिक्त रहेको दुई स्थानमा बुधबार सदस्य सिफरिस गरिएको हो ।

रिक्त स्थानमा परिषदको बुधबारको बैठकले न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीलाई इजलास सदस्यमा सिफारिस गरेको हो ।

यसअघि लामो समयसम्म इजलास गठन नभएपछि चैत १० मा सर्वोच्चले इजलास गठनका लागि परमादेश आदेश नै जारी गरेको थियो ।

अब संवैधानिक इजलासको अध्यक्षमा प्रधानन्यायाधीश गोपाल पराजुली रहनेछन् । अन्य चार सदस्यमा वरिष्ठतम न्यायाधशि दीपकराज जोशी तथा न्यायाधीशहरु चोलेन्द्रशमशेर जबरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्की रहेन छन् ।