१० मंसिर २०८३, बिहिबार

एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र २ नं. प्रदेशको स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा शनिबार बस्ने बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोगले पेस गरेको प्रतिवेदन, २ नं. प्रदेशका स्थानीय तहको निर्वाचन र तयार तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगको प्रतिवेदनलाई लिएर असन्तुष्ट एमालेले सो विषयमा स्थायी समितिबाट आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

२ नं. प्रदेशमा राजपा नेपालले प्रचार प्रसारमा लगाएको प्रतिबन्धका विषयमा एमालेले छलफल गरेर रणनीति तयार पार्नेछ ।